आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य : मन्त्री तामाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 11:39:37 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले देशको आर्थिक विकासका लागि ग्रील तथा स्टीलजन्य व्यवसाय अपरिहार्य भएको बताएका छन् ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टीलजन्य व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने बताए । उनले पूर्वाधारको विकास नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै ग्रील तथा स्टील उद्योगहरुको संरक्षण र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘दिनदिनै शहरीकरण बढ्दो छ आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीब्र रुपमा भइरहेको छ । पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रील तथा स्टील उद्योगहरुको भविष्य उज्जवल छ । निराश र विचलित नभइ अगाडि बढ्नुस यो व्यवसायको भविष्य उज्जवल छ ।’

ग्रील तथा स्टील उद्योग र व्यवसायीहरुको हितको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रमहरु कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा सम्बन्धित विभागीय मन्त्रीहरुसँग छलफल गरि समस्या समाधानको बाटो खोज्न आफुले पहल गर्ने पनि उनको भनाइ थियो ।

मन्त्री तामाङले लाखौं श्रमशक्तिलाई नेपालमै राखेर यस्तो खालको व्यवसायले मुलुकलाई  योगदान दिएकोले राज्यले पनि यो व्यवसायप्रति गम्भीर भएर सोच्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारीले स्वदेशमै भविश्य देखेर पूँजीसँगै श्रमको समेत लगानी गरेका ग्रील तथा स्टील व्यवसायीहरुको पिर मर्काको बारेमा आफुले सम्बन्धित ठाउँमा कुरा उठाउने बताए ।

महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सुधारहरु तथा मापदण्ड पु¥याउँदा पनि सरकारले व्यवसाय दर्ता गर्न आनकानी गर्न थालेपछि त्यसको कानूनी उपचारको खोजि गर्ने क्रममा प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री, उद्योगमन्त्री, ऊर्जा तथा जलश्रोत मन्त्रीलगायतसँग भेटघाट गरि सात बुँदे ज्ञापन पत्र समेत बुझाएको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved