बंगलादेशबाट नेपालको लागि प्रस्थान गरे कतारी अमिर, परराष्ट्र मन्त्रीले गरे विदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 03:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपालको लागि प्रस्थान गरेका छन् । बंगलादेशको दुई दिने भ्रमण सकेर अमिर थानी नेपालको लागि प्रस्थान गरेका हुन् ।

कतार न्युज एजेन्सीका अनुसार अमिरलाई बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशका परराष्ट्र मन्त्री डा. हसन महमुद, उर्जा राज्यमन्त्री नसरुल हमिद बिपु र कतारका लागि बंगलादेशका राजदुत मोहम्मद नजरुल इस्लामले विदाई गरेका छन् । 

अमिरको उपस्थितिमा कतार र बंगलादेशसँग विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । बंगलादेशको औपचारिक भ्रमणको क्रममा कतारका अमिर थानी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थितिमा दुई देशबीच विभिन्न सम्झौता र समझदारी भएको हो ।

गल्फ टाइम्सका अनुसार दुई देश बीच कूटनीतिक तालिमको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। त्यस्तै  लगानीको संरक्षण र प्रोत्साहनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।  त्यस्तै उच्च शिक्षा, वैज्ञानिक अनुसन्धानमा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको तथा खेलकुद र युवाको क्षेत्रमा सहयोगको लागि समझदारी पत्रमा हस्ताक्षर भएको गल्फ टाइम्सले जनाएको छ । यी बाहेक दोहोरो कर उन्मुक्ति, कर छली, वित्तीय चोरीको रोकथाम, र कानुनी क्षेत्रमा सहयोगको सम्झौता भएको बताईएको छ।

दुई देश बीच श्रम क्षेत्रमा सहकार्य गर्ने समझदारी, सामुद्रिक यातायात सम्झौता,  र बन्दरगाहको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बंगलादेश  र कतारबीच 'कतार-बंगलादेश ब्यापार परिषद' स्थापना गर्ने सझौता पनि भएको बताईएको छ । 

कतारका अमिर फिलिपिन्सको भ्रमण सकेर सोमबार बंगलादेश पुगेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved