नेपाल-कतार सम्बन्ध: हालसम्म नेपालबाट २ राजा र २ राष्ट्रपति कतार जाँदा कतारबाट को को आए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 11:47:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। यो कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको पहिलो नेपाल भ्रमण हो । 

 कतारसँग ८ माघ ०३३ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालबाट कतारमा राजा र राष्ट्रपति तहमा भ्रमण भएको छ। तर कतारको तहबाट भने उच्च तहको भ्रमण भएको थिएन । कतारका अमिर नेपाल आउँदा यो नै अहिलेसम्म कै उच्च तहको भ्रमण हुने छ 

 नेपालबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को ३० अक्टोबर  देखि २ नोभेम्बरसम्म कतार भ्रमण गरेकी थिइन् । त्यस्तै पूर्व राष्ट्रपति डा. राम वरण यादवले सन् २०११ को अक्टोबर १० देखि १३ सम्म कतार भ्रमण गरेका थिए । 

सन् १९९९ मा राजा विरेन्द्रले कतार भ्रमण गरेका थिए भने सन् २००५ मा राजा ज्ञानेन्द्र र रानी कोमलले कतार भ्रमण गरेका थिए । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, सन् २०१५ मा उपप्रधानमन्त्री बामदेव गौतम, सन् २०१८ मा उपप्रधानमन्त्री उपेन्द्र यादव र गत वर्ष उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कतार भ्रमण गरेका थिए । सन् २०१९ मा तत्कालीन सभामुख कृष्ण बहादुर महराले तथा परराष्ट्र सचिव रहेको बेला शंकर दास वैरागीले सन् २०१६ मा कतार भ्रमण गरेका थिए । 

यी बाहेक श्रम मन्त्री रहेको बेला कृष्ण कुमार श्रेष्ठले सन् २०२२ मा, शिक्षा मन्त्री भएको बेला गिरिराजमणि पोखरेलले सन् २०१९ मा, तथा परराष्ट्र भएको बेला डा. प्रकाश श्रम महतले २०१७ मा कतार भ्रमण गरेका थिए । त्यस्तै श्रम मन्त्री रहेको बेला रमेश लेखकले सन् २००८ मा तथा परराष्ट्र मन्त्री रहेको बेला रमेश नाथ पाण्डेले सन् २००६ मा पनि कतार भ्रमण गरेका थिए । इजरायलमा युद्द चर्कंदा गत वर्ष परराष्ट्र मन्त्री एनपी साउद पनि नेपालीहरुको उद्दार कार्यको लागि इजरायल तथा कतार गएका थिए । मन्त्रीहरुसँगको प्रतिनिधिमण्डलमा रहेर विभिन्न मन्त्रालयका सचिवहरुले पनि कतार भ्रमण गरेका छन् 

कतारबाट को को आए ?

सन् २००९ मा कतारका विदेश मन्त्री शेख हमाद बिक जसिम बिन जबर अल थानी नेपाल आएका थिए । सन् २०१२ मा वातावरण मन्त्री अब्दुल्लाह बिन मुबारक बिन अब्बुद अल मिधधि नेपाल आएका थिए । सन् २०१४ मा महान्यायधिवक्ता डा. अल बिन फेताइस अल मार्री नेपाल आएका थिए । सन् २०१५ मा श्रम मन्त्री डा. अब्दुल्लाह बिन सलेह मुबारक अल खुलाफी नेपाल आएका थिए । पासपोर्ट विभागका महानिर्देशक मोहम्मद एहमद अल अतिक सन् २०१६ मा नेपाल आएका थिए । सन् २०२१ मा श्रम मन्त्रालयका उपसचिव मोहम्मद हसन अल ओबेद्ली नेपाल आएका थिए ।  

नेपाल -कतार समबन्ध

नेपाल र कतारबाट दैत्य सम्बन्ध स्थापित भएको ४७ वर्ष पूरा भएको छ । यी दुई मुलुकबीच २१ जनवरी १९७७ देखि कूटनीतिक सम्बन्ध कायम भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको झन्डै २७ वर्षपछि मात्र सन् २००४ मा कतारमा नेपाली दूतावास स्थापना भएको हो भने त्यसको झन्डै आठ वर्षपछि ११ जुलाई २०११ बाट नेपालमा कतारले दूतावास स्थापना गरेको थियो । 

 दक्षिण एसियामा कतारसँग श्रम सम्झौता गर्ने नेपाल पहिलो देश रहेको छ । नेपाल र कतारबीच ८ चैत ०६१ मा  श्रम सम्झौता भएको थियो । हाल कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६ सय ५० नेपाली कार्यरत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved