जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 08:42:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी नायव महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको वैशाख ३ गतेको बैठकले डिआईजी जोशी र ढकाललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

 नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण २ जना एआईजीको पद रिक्त हुदै छ । रिक्त हुने पदमा बढुवा समितिले जोशी र ढकाललाई जनपद प्रहरी समूहतर्फ रहने गरि एआईजीमा बढुवा सिफारिस गरेको हो ।

जोशी हाल  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौमा कार्यरत छन् भने ढकाल  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, काठमाण्डौमा कार्यरत छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved