अबैध कल बाईपासमा संलग्न दुई पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 07:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank
गैह्र– कानुनी रुपमा अन्तर्राष्ट्रिय आगमकन कल बाईपास (VOIP) सञ्चालन गरी रहेका दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो महराजगञ्चले पक्राउ गरेको छ । 

गोप्य सूचनाकाे आधारमा ब्यूरोले चन्द्रागिरी गाउँपालिका, वडा नं २ बसण्डोल स्थित श्यामकृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय पंजाब राज्यको जलन्धर सन्तोकपुराका ३१ वर्षीय राना शाहा र  रौतहट जिल्ला रमौली बेरिया गा.वि.स.वडा नं ६ का ३३ वर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अनसरी रहेका छन्  ।

VOIP सञ्चालन गरी रहेको कोठामा खानतलासी गर्दा ६४ पोर्टको GOIP Gate Way उपकरण लगायतका विद्युतीय उपकरणहरू बरामद गरेको ब्यूरोले जनाएको छ ।   

उनीहरुको दूरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ ।   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved