वेस्ट इण्डिज ए विरुद्दको आजको खेलमा पनि पहिले बलिङ गर्दै नेपाल, टिममा ८ परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 12:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्ट इण्डिज ए र नेपाल राष्ट्रिय क्रिकेट टिमबीचको चौथो टि २० क्रिकेट खेल आज हुँदै छ। खेलमा वेस्ट इण्डिज ए ले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।

आजको खेलमा नेपालका नियमित कप्तान रोहित कुमार पौडेल टिममा फर्किएका छन्। हिजोको खेलमा भने नेपालले रोहितलाई विश्राम दिएर  दीपेन्द्र सिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिएको थियो।  

हिजो खेलको भन्दा आजको खेलमा ८ परिवर्तन गरिएको छ । आजको खेलमा रोहित कुमार पौडेल, ललित नारायण राजबंशी, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, कुशल मल्ल, गुलशन झा, आशिफ शेख, कुशल भुर्तेल, र प्रतिष जिसी रहेका छन् ।

हिजोको खेलबाट लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, विवेक यादव, करण केसी, आरिफ शेख , सागर ढकाल र कमलसिंह ऐरी बाहिरिएका छन्। 

वेस्ट इण्डिज ए र नेपाल राष्ट्रिय क्रिकेट टिमबीच ५ वटा टि २० खेल हुने छ। जसमा पहिलो खेल नेपालले  जितेको थियो भने दोस्रो र तेस्रो खेल वेस्ट इण्डिज ए ले जितेको थियो । सिरिज बराबरी गर्नको लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

आगामी टि २० विश्वकपको तयारीको लागि नेपाल र वेस्ट इण्डिज ए बीच ५ खेलको शृंखला आयोजना गरिएको हो । सबै खेल काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भईरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved