यस्तो छ आगामी टि २० विश्वकप खेल्ने साउथ अफ्रीकाको टिम, असार १ गते नेपालसँग खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 02:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साउथ अफ्रीकाले आगामी टि २० विश्वकप खेल्ने टिम घोषणा गरेको छ। साउथ अफ्रीकाले आज एडेन मक्रमको कप्तानीमा टिम घोषणा गरेको हो । 

आगामी टि २० विश्वकपमा नेपाल र साउथ अफ्रीका समुह डि मा रहेका छन् । नेपालले आगामी जुन १५ अर्थात् असार १ गते साउथ अफ्रीकासँग खेल्ने छ। 

साउथ अफ्रीकाले घोषणा गरेको टिममा क्विनटन डेकक, मारको जेनसेन, हेनरिच क्लासेंन, केशव महाराज, डेभिड मिल्लर, एंनरिच नोर्रतजे, कागीसो रबाडा लगायतका स्टार खेलाडी समावेश रहेका छन् 

यस्तो छ साउथ अफ्रीकाको टिम: 

Aiden Markram (capt), Ottniel Baartman, Gerald Coetzee, Quinton de Kock, Bjorn Fortuin, Reeza Hendricks, Marco Jansen, Heinrich Klaasen, Keshav Maharaj, David Miller, Anrich Nortje, Kagiso Rabada, Ryan Rickelton, Tabraiz Shamsi, Tristan Stubbs.

 समुह डि मा नेपाल र साउथ अफ्रीका संगै बंगलादेश, श्रीलंका र नेदरल्याण्ड पनि छन् । नेपाल सहित अन्य बाँकि देशले विश्वकपको लागि टिम घोषणा गरेको छैन 

टि २० विश्वकप आगामी जुन २ अर्थात् जेठ २० गतेदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदै छ । नेपालले यस अघि सन् २०१२ को टि २० विश्वकप खेलेको थियो । नेपालले १२ वर्षपछि विश्वकप खेल्न लागेको हो

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved