नेपालले वेस्टइन्डिज ए सँग आज दोस्रो टी–२० खेल खेल्दैछ । खेल दिउँसो १२ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले शनिबार वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो ।
२०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
विश्वकप अगाडी नेपालले वेस्टइन्डिज ‘ए’सँग होम ग्राउण्डमा ५ वटा टी–२० खेल खेल्न लागेको हो ।