वेस्टर्न युनियनको 'नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्' अभियानको विजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 05:30:59 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो नयाँ वर्ष लक्षित “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियानको विजेताको नाम सार्वजनिक गरेका छन् । यस अभियानमा बम्पर लक्की ड्र मार्फत विजेता चुनिएर  शबाना प्रविनले एक लाख प्राप्त गरेकी छिन् । 

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरी “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियान शुरु गरेको थियो । कम्पनीका अन्सुअर बम्परमा रु एक लाख बाहेक, पाँच हप्तासम्म पैतिस भाग्यशाली ग्राहकहरुले पन्ध्र हजार जित्ने मौका पनि प्राप्त गरेका थिए । 

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved