थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालकमा राकेश जोशीलाई निर्विरोध निर्वाचित गरेको छ । उनको कार्यकाल चार वर्षको हुने छ ।
कम्पनीले वार्षिक साधारण सभाबाट सर्वसाधारण समूह(ख) अन्तरगत दुई जना सञ्चालकको निर्वाचन प्रक्रियाबाट नियुक्ति गर्नुपर्नेमा एक जनाको मात्र उम्मेदवारी परेको बताएको छ ।
सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पनि पारित गरेको छ ।