शेयरबजारमा दोहोरो अंकको गिरावट, सर्वाधिक कमाउनेमा दोल्ती पावरका लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 03:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  आज शेयर बजार परिसूचक नेप्से २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा झरेको छ । 

त्यसैगरी  राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेक्स पनि ४.८६ अंकले घटेर ३५१.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसमूहमध्ये लघुवित्त र निर्जीवन बीमा उपसमूह मात्रै बढेका छन् भने बाँकी सबै उपसमूह रातम्मे भएका छन् । यो दिन लघुवित्त उपसमूह ०.१६ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.०४ प्रतिशतले बढेको छ  । यसैगरी, यो दिन सबैभन्दा बढी विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा उत्पादन तथा प्रोसेसिङ उपसमूह २.३७ प्रतिशतले घटेको छ ।

यसैगरी, यो दिन सर्वाधिक कमाउने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । उक्त कम्पनीको शेयरमूल्य यो दिन ९.५६ प्रतिशतले बढेको  छ।त्यस्तै यो दिन साधना लघुवित्त र समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समान ८.७२ प्रतिशतले बढेको छ । 

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ  ।यसैगरी, सिंगटी हाइड्रो इनर्जि लिमिटेडको शेयरमूल्य पनि ७.५५ प्रतिशतले घटेको छ । 

त्यस्तै, यो दिन सर्वाधिक कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १२ करोड ६४  लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै हिमालयन डिष्टीलरी लिमिटेडको ११ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved