आईएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश संशोधन गरेको छ। कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश संशोधन गरेको हो ।
जस अनुसार अब कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ। २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ।