हुलास ग्रुप अन्तर्गतका दुई वटा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 10:17:59 AM मा प्रकाशित

laxmi  sunrise bank

हुलास ग्रुप अन्तर्गतका दुई वटा कम्पनीले सर्वसाधारणलाई प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका छन् । हुलास इन्फ्रा लिमिटेड र हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका हुन् ।

दुवै कम्पनीले आईपीओ समबन्धि प्रस्ताव पारित गर्न आगामी वैशाख २२ गते विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीको विशेष साधारणसभा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धी गरी पारित गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै कम्पनीको नयाँ प्रबन्धपत्र तथा नियमावली बमोजिम संचालक समितिले प्रस्ताव गरे अनुसार शेयर प्रिमियम मूल्यमा सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने र सोहि सार्वजनिक निष्काशनका लागि छुट्याईएको शेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानुनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने शेयर सम्बन्धित क्षेत्र तथा समूहलाई शेयर निस्काशन तथा बिक्रि गर्ने बारे प्रस्ताव पेश हुने छ ।

यी दुवै कम्पनी गोल्छा ग्रुपको हुलास समुह अन्तर्गतका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved