वाईवाईले नेपालमा आईपीओ जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 08:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 वाई वाई चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले सर्वसाधारणलाई पनि शेयर जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरेर सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको हो 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आईपीओ ल्याउने तयारी भईरहेको जानकारी दिए। उनले भने 'वाईवाई चाउचाउलाई नेपालमा आईपीओमा लैजाने योजनामा रहेको कुरा सार्वजनिक गर्न पाउँदा पाउँदा खुसी र अति उत्साहित छु'

कम्पनीले २ वर्ष भित्र आईपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीको काठमाडौँ, नवलपरासी, बर्दिया र सुनसरीमा रहेको फ्याक्ट्रीबाट वाईवाई उत्पादन हुदै आएको छ । नेपालमा उत्पादित वाई वाई ३० देशमा निर्यात हुन्छ । 

चौधरीको भारतमा रहेको सिजी फुड्स इन्डियाले भारतमा पनि वाई वाई उत्पादन गरिरहेको छ । सो कम्पनीले पनि भारतमा आईपीओ जारी गरेर त्यहाँको शेयरबजारमा सुचिकृत हुने योजना बनाएको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved