प्रुडेन्शियल इन्स्योरेन्सको स्थगित भएको साधारणसभा हुने मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 09:41:55 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को स्थगित भएको साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले असार ६ गते बिहान ११ बजे सिमराको होटेल इच्छामा साधारणसभा गर्ने भएको हो ।  

कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा आह्वान गरेकोमा निषेधाज्ञाको कारण अर्को सुचना जारि नभएसम्मको लागि साधारणसभा स्थगित गरेको थियो । अब असार ६ गते सोहि स्थानमा साधारणसभा हुने भएको हो । 

सभामा  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ  ।

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved