साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीहरुलाई कर तिर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 09:36:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरधनीहरुलाई कर वापतको रकम तिर्न आग्रह गरेको छ ।  बैंकले साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर वापत लाग्ने कर शेयरधनी स्वयंले तिर्नु पर्ने भएकोले तिर्नको लागि आग्रह गरेको हो । 

बैंकले आर्थिक वर्ष ७५/७६ र ७६/७७ को बोनसको कर तिर्न बाँकि रहेका लगानीकर्तालाई कर आग्रह गरेको हो ।  कर वापतको रकम जम्मा गरेपछि मात्र शेयर डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ ।

बैंकले तिर्नु पर्ने कर विवरण सीबिआईएल क्यापिटलको वेबसाइटमा राखिएकोले त्यहाँबाट हेर्न सकिने जनाएको छ ।  थप जानकारीको लागि पनि क्यापिटल मै सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

तिनाउ मिसनलाई सिटिजन्स बैंकले गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ  । तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउने गरि सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved