पुनर्बीमा कम्पनीको ४ करोड ४० लाख कित्ता बढी शेयर डिम्याट गर्न पठाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 06:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ४० लाख कित्ता बढी शेयर अभौतिकिकरण अर्थात डिम्याट गर्नको लागि पठाईएको छ। अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा  रहेको कम्पनीको ४ करोड ४० लाख ३९ हजार ५१ कित्ता शेयर अभौतिकिरणको लागि सार्वजनिक ऋण ब्यबस्थापन कार्यालयमा पठाईएको जनाएको हो । 

फागुन महिनाको अर्थ बुलेटिन मार्फत मन्त्रालयले यस्तो जानकारी दिएको हो । यस कार्यलाई मन्त्रालयले 'नीतिगत तथा कानुनी विषय र राय परामर्श ' शिर्षकमा राखेको छ ।  


मन्त्रालयले इमर्जिंग नेपाल लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर खरिद गर्न वित्तीय ब्यबस्था शिर्षक शेयर लगानी शिर्षकबाट २ लाख ५० हजार २ सय उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।  इमर्जिंग नेपालमा नेपाल सरकारको पनि लगानी छ। यो कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved