पूर्व पररास्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले उपचार खर्च स्वरूप ५० लाख रुपैया दिने निर्णय गरेपछि यस्तो चौतर्फी बिरोध हुन् थालेका छन् । बिशेष गरि सामाजिक संजाल फेसबुक र ट्वीटरमा सरकारबिरुद तिब्र आलोचना भैरहेको छ ।

सरकारको यो निर्णयबिरुद्ध प्रधानमन्त्री दाहाल निकट मानिएका दिल निसानी मगरदेखि माओवादी नेता तथा उप राष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुनसम्मले चर्को आक्रोश व्यक्त गरेका छन् । पहाडका कुना काप्चामा जीबनजल र सिटामोल नपाएर जनता मृत्युवरण गरिरहदा हुनेखाने कोइरालालाई लाखौ रकम दिन लागिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा समेत माग्न थालिएको छ । 

के भन्छन स्वास्थ्य मन्त्री थापा ?

स्वास्थ्यमन्त्री गगन थापाले विशिष्ट व्यक्तिलाई राज्यले दिने सहयोग रकमबारे कार्यविधि बनेको बताएका छन् । मन्त्री थापाले कार्यविधि पारित हुने क्रममा रहेकै बेला यस्तो निर्णय हुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री समेतको सल्लाहमा कार्यविधि बनाएको भए पनि आफु पोखरामा भएको बेलामा यस्तो निर्णय हुनु बिडम्बना भएको बताएका छन् ।