पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सरकार संबिधान कार्यन्वयन गर्न छाडेर अरुको आदेश पालना गर्दै संबिधान संसोधनमा केन्द्रित रहेको बताएका छन। 

संविधान संशोधन विधेयकको विरोधमा ९ दलले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको सभामा अधिकांश समय सरकारको कार्यशैलीको बिरोध गर्दै अहिले संबिधान संसोधन प्रस्ताब नेपालीले जनताले चाहेर नआएको बताए। 

अनुचित उद्देश्यका लागि बनेको सरकार, अनुचित काममै व्यस्त रहेको अध्यक्ष ओलीले आरोप लगाएका छन। संबिधान संशोधन गर्न सकिने दस्तावेज रहेको तर आवश्यकता अनुसार हुनुपर्ने ओलीले बताएका छन। 
अत्यन्त गम्भीर षडयन्त्र 

धारा ६, ७, ११, ८६, २८७ र अनुसूची ४ मा रहेको व्यवस्थाबारे आन्दोलनमा उपस्थित नागरिकहरुलाई अध्यक्ष ओलीले जानकारी गराए। उनले  मधेसी भोजपुरी, मैथिलीलाई समाप्त पारि हिन्दिलाई अघि बढाउने षडयन्त्र भैरहेको बताए।  

धारा ११ मा नागरिकता सम्बन्धमा रहेको व्यवस्थालाई संसोधन गर्दै सरकारले ल्याएको संबिधान संसोधनले बिहान आएको दुलहीलाई मन्त्रि हुँदै घर पुर्याउने व्यवस्था गराउने बताए।

'उपत्यका जागेको छ, यो जागरण राजधानीको मात्रै होइन, देश ब्यापी बनाउनु पर्छ' भन्दै अध्यक्ष ओलिले फागुनको दोस्रो हप्तादेखि मेची महाकाली अभियान चलाउने उद्घोष गरे।