गत आर्थिक बर्षको कमाईबाट १९ प्रतिशत बोनस सेयर पारित गर्दै एनएमबि बैंकको २१ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको सो साधारणसभाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गरेको हो। 

एनएमबि बैंकले पुष ७ देखि २४ सम्मका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले पुष ६ सम्म कायम शेयरधनीहरुले मात्र बैंकको १९ प्रतिशत बोनस सेयर पाउने छन। 

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। एफएमओले २० प्रतिशत शेयर स्वामित्व ग्रहण गरेसंगै एनएमबि बैंकको चुक्ता पुंजी ४ अर्ब ४८ करोडबाट ५ अर्ब ४३ करोड पुगेको हो।  बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ। 

गत आर्थिक बर्ष राम्रो कमाई गर्दै अर्ब क्लबमा प्रवेश गरेको एनएमबि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३८ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।