नेरुड़ेको कमाई १ करोड ४१ लाख रुपैयाँ, इपिएस ३१ रुपैयाँ ५४ पैसा  
नेरुड़े लघुवित्त विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तले १ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ५९ लाख ६९ हजार रुपैयाँले बढी हो। 

यस अवधिमा लघुवित्तले कर्जा तथा सापटी रकम ८९ लाख १६ हजारबाट बढाएर १ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ। यस अवधिमा लघुवित्तले ८५ लाख ५६ हजार निक्षेप संकलन गरि २ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ। त्यस्तै निष्क्रिय कर्जा अनुपात १ दशमलब १० प्रतिशतबाट घटेर शुन्य दशमलब ९५ प्रतिशतमा झारेको छ। 

लघुवित्तले यस अवधिमा ७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानि ३१ रुपैयाँ ५४ पैसा, नेट वर्थ प्रति शेयर २२२ रुपैयाँ ८१ पैसा तथा मूल्य आम्दानीको अनुपात २४९ दशमलब १७ गुणा रहेको छ।

स्वालम्बनको कमाईमा सामान्य गिरावट, इपिएस ९० रुपैयाँ ६ पैसा 
यस अवधिमा स्वालम्बन लघुवित्त विकास बैंकको खुद मुनाफामा सामान्य गिरावट आएको छ। गत आर्थिक बर्षको यस अवधिमा ७ करोड २१ लाख खुद मुनाफा गरेको थियो भने यस अवधिमा कमाई ७ करोड ३ लाख रुपैयाँमा सिमित भएको छ। 

यस अवधिमा स्वालम्बनले ३ अर्ब १५ करोड कर्जा तथा सापटी लिएको छ भने ३ अर्ब २८ करोड निक्षेप संकलन गरेको छ। त्यस्तै ६ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ। खराब कर्जा अनुपात भने थोरैले बढेर शुन्य दशमलब ८७ प्रतिशतमा पुगेको छ। 

यस अवधिमा स्वालम्बनको प्रति शेयर आम्दानि ९० रुपैयाँ ६ पैसा, नेट वर्थ प्रति शेयर ३३९ रुपैयाँ तथा मूल्य आम्दानीको अनुपात २७ दशमलब ७६ गुणा रहेको छ।