यातायात व्यवस्था बिभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा बिधि संसोधन गरेको छ  । संशोधित व्यवस्थाअनुसार एक पटक लिखित पास भएपछि ९० दिनको अवधिमा ३० दिनको अन्तरमा  ३ पटकसम्म प्रयोगात्मक परिक्षा अर्थात् ट्रायल दिन पाइने छ । यसरी फेरी ट्रायल दिँदा लिखित परिक्षा दिईरहनु पर्ने छैन । तर ९० दिनको अवधिमा ३ पटकसम्म पनि ट्रायल दिँदा ट्रायल पास गर्न नसके फेरी लिखित दिनु पर्ने छ । 

 मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुने भएको छ । एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक ट्रायल परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको हो ।

 हालको व्यवस्थामा भने ट्रायल फेल भएकाले ३ महिनासम्म ट्रायल दिन पाउदैन।