फर्स्ट माइक्रोफ़ाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ। १५ प्रतिशत बोनस शेयरका लागी असोज ५ गतेका लागी शेयरधनी पुस्तिका बन्द गरेको माइक्रोफाइनान्सको प्रति कित्ता संयोजित शेयर मूल्य १५७० रुपैयाँ र आधार मूल्य १०१३ रुपैयाँ कायम गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

माइक्रोफाइनान्सले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर असोज ४ सम्म कायम शेयरधनीहरुले मात्र पाउने छन। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ६० करोड पुर्याउने योजना अनुसार माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाइबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागी  ० दशमलव ७९ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो। 

६० करोड चुक्ता पुंजी पुर्याउदै फर्स्ट माइक्रोफाइनान्स, यस्तो छ पुंजी वृद्धि योजना 

१५ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गर्न माइक्रोफाइनान्सले असोज १९ मा साधारण सभा बोलाएको छ। १५ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुंजी २६ करोड ४५ लाख रुपैयाँ पुग्ने छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ करोड ४४ लाख खुद मुनाफा गरेको थियो।  

राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्तले २०७५ असार मसान्तसम्ममा चुक्ता पुंजी ६० करोड पुर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन अनुसार माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ।