प्राथमिक माघ १ देखि प्राथमिक शेयर निष्काशनमा आबेदन गर्दा राजधानी बाहिरका लागि समेत हितग्राही खाता (डिम्याट) अनिबार्य हुने भएको छ। गत साउनबाट राजधानीमा मात्र लागु भएको यो नियम माघ १ देखि देशभर लागु हुने भएकाले राजधानी बाहिरका लगानीकर्तालाई डिम्याट खाता खोल्न धितोपत्र बोर्डले आग्रह गरेको छ। 

प्राथमिक सेयर भर्दा नपरेको पैसा, आंशिक रुपमा पर्दा फिर्ता हुने पैसा र नगद लाभांश समेत लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था भएकाले लगानीकर्ताले डिम्याट खाता खोल्दा अनिवार्य रुपमा आफ्नो बैंक खाता उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ। यसका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा सुचना जारी गरि लगानीकर्तालाई डिम्याट खातावालहरुलाई बैंक खाता उपलब्ध गराउन आग्रह गरेको थियो। 

माघ १ देखि आस्वा प्रणाली लागु हुने र यस सेवा दिन बोडबाट अनुमति पाएका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ। हालसम्म १७ वटा बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा दिने अनुमति पाएको बोर्डले जनाएको छ। अन्य बैंक तथा वित्तीय संस्थाहरु समेत अनुमति लिने क्रममा रहको जनाइएको छ।