अस्पताल जान्छु भनेर हिडेकी एक महिला ३ दिन देखि बेपत्ता भएकी छिन् । सिन्धुपाल्चोक- ९ साँगाचोक पोखरे घर भएकी गहुँगोरो बर्णकी  १९ बर्षिय देवकी गिरी ३ दिन अघि घरबाट हिडेको र अहिले सम्पर्क बाहिर रहेको पारिवारिक श्रोतले जनाएको छ  ।

२ वर्ष अघि मात्र स्थानीय गोबिन्द गिरीसंग बिवाह गरेकी उनको खोजीकार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन्  । उनका श्रीमान गोबिन्द गिरि ड्राईभिंग पेशामा छन् ।

उनका श्रीमान गोबिन्द गिरीले प्रहरीलाई पनि खबर गरेको भएपनि उनलाई देख्ने जो कोहिले खबर गरी सहयोग गरिदिन आग्रह गरेका छन्  । खबर गर्नका लागि : गोबिन्द गिरी(श्रीमान ) :-९८४३८८८३८८, काका:-९८६१४४४४७५, देबर :-९८१०१३०४४७ ।