नेपाल स्टक एक्सचेन्जमा सुचिकृत ५ कम्पनीका करिब ५७ लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएका छन। कम्पनीहरुले सेयर स्वामित्व अनुपात संस्थापक ५१ र साधारण ४९ प्रतिशत बनाउनका लागी सेयर संरचना परिवर्तन गरेको नेप्सेले जनाएको छ।

बिहिबार ५ कम्पनीका ५६ लाख ७६ हजार संस्थापक शेयर साधारणमा रुपान्तरण हुनुका साथै एनबि इन्स्योरेन्सका १२ लाख कित्ता साधारण शेयर सुचिकृत भएको छ। 

संस्थापक शेयर साधारणमा रुपान्तरण गरि शेयर स्वामित्व अनुपात संस्थापक ५१ र साधारण ४९ प्रतिशत बनाएका कम्पनीहरुमा सांग्रिला डेभलपमेन्ट बैंक, भक्तपुर फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स, रिलायन्स फाइनान्स, यति डेभलपमेन्ट बैंक रहेका छन। 

कम्पनीको नाम                      परिवर्तित शेयर संख्या                       कायम अनुपात 

सांग्रिला डेभलपमेन्ट बैंक         २० लाख ३९ हजार ५ सय ६७                  ५१:४९ 

भक्तपुर फाइनान्स                  २ लाख ४२ हजार ६ सय ५०                    ५१:४९ 

हिमालय जेनेरल इन्स्योरेन्स       २ लाख ८८ हजार ९ सय                         ५१:४९  

रिलायन्स फाइनान्स                 ७ लाख ५ हजार ७ सय १४                     ५१:४९ 

यति डेभलपमेन्ट बैंक               २३ लाख ९९ हजार ५ सय ७०.२३             ५१:४९