'कलंकीमा ४० रुपियामा किनिएको आइसक्रिम चन्द्रागिरी डाँडा पुग्दा त १ सय २५ रुपिया रुपियाँ पो भएछ। ' नेपाल विध्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलियाले चन्द्रागिरी हिल्स प्रालिको आफ्ना ग्राहक माथि गरेको ठाडो लुटमा दिएको प्रतिक्रिया हो यो । सरकारी स्वामित्वमा रहेको ७ सय रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर बनाइएको  केबुलकारका यात्रीलाइ कम्पनीले कसरी लुटेको छ भन्ने उदाहरण मात्रै हो थपलियाको अनुभब।

काठमाडौँको आन्तरिक पर्यटन लाइ 'क्यास' गर्ने उद्देस्यले निर्माण भएको २ दसमलब ५ किमि लम्बाइको केबुलकारको महंगी भन्दा चन्द्रागिरी डाँडामा पुगेपछि कम्पनीले अन्य सुबिधा बापत लिने शुल्क सामान्य भन्दा असाध्यै बढी देखिन्छ।

काठमाडौँको स्तरिय होटेल मा १ सय ५० रुपियाँमा खान पाइने मासु भात लाइ चन्द्रागिरि डाँडामा पुगेपछि ५ सय रुपिया लिइन्छ। कम्पनीले गुणस्तरका लागि महँगो मूल्य लिइएको बताएपनि तल थानकोटको खानको गुणस्तर र चन्द्रागिरी हिल्स प्रालिको रेस्टुरेण्टमा पाइने खानाको गुणस्तरमा समानता रहेको त्यहाँ पुग्ने यात्रुहरु को अनुभब छ।

यी बाहेक चन्द्रागिरी हिल्सले लिने थानकोट चन्द्रागिरी यात्राको दोहोरो टिकटको मूल्य पनि महँगो नै भएको आम ग्राहकहरुको अनुभब रहेको छ। चन्द्रागिरी हिल्स जस्तै फ्रान्सको डोप्लेयर कम्पनीले निर्माण गरेको मनकामना केबुलकारको २ दसमलब ८ कि मि यात्राको भाडा दर ६ सय ४० रुपियाँ रहेको छ भने चन्द्रागिरी हिलस को २ दसमलब ५ कि मि लम्बाइको भाडा दर ७ सय रुपियाँ रहेको छ।

बार्षिक १ लाख ४० हजार भाडा राज्यलाई तिर्ने उक्त कम्पनीले भालेश्वर महादेवको दर्शन गर्न वा डाँडामा पुगेर मन बहलाउन आन्तरिक तथा बाह्य पर्यटकहरु संग बाट अरुले दिने सुबिधाको भन्दा बढी शुल्क लिंदा पनि राज्य भने मौन छ।