नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि माघ १ देखि (बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली) आस्वा लागु गर्दै छ। माघ १ देखि  २७  बैंकले यो सेवा दिने छन्  ।   

बोर्डले यो प्रणाली हालको ऐच्छिक भएको प्रष्ट पारेको छ।   बोर्डले आज एक बिज्ञप्ति जारी गर्दै अहिले  ऐच्छिक भएको र क्रमश: अनिवार्य गर्दै लाने बताएको हो । 

बोर्डको बिज्ञप्तिमा भनिएको छ ' आस्वा प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्र सम्बन्धी व्यवस्थामार्फत समेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्नेछन '। 

अर्थात आस्बामा सहभागी नभएका बैंकहरुमा खाता हुनेले पनि सेयर भर्नै पाउने छन् ।

साथै हाल बोर्डले नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएकोमा नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई  समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डले बताएको छ । 

यो पनि : आस्वा प्रणालीमा सहभागी हुने बैंकको संख्या २७ पुग्यो (सुचीसहित)