प्रधानमन्त्रीले किन बोलाए देउवा र प्रचन्डलाई बालुवाटारमा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 05:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

pm n

सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्र्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।

साँझ ५ बजेबाट सुरु हुने बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि दुवै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved