आज लर्ड्समा नेपालले एमसीसीसँग प्रतिस्पर्धा गर्दै, खेल लाइभ हेर्न पाईने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 09:59:19 PM मा प्रकाशित

laxmi  sunrise bank

mcc vs nepal at lords

नेपालले आज  मंगलबार विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)संग बेलायतको लर्ड्स मैदानमा प्रतिस्पर्धा गर्दै छ । बिश्व कै पुरानो टोलीसंग नेपालले लर्ड्स मैदानमा खेल्न लागेको यो पहिलो पटक हो। नेपाली क्रिकेट प्रेमीहरुले यस ऐतिहासिक क्षणको घर मै बसी मज्जा लिन सक्ने छन् । एमसीसीले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत खेलको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध कायम भएको २०० बर्ष पुगेको अवसरमा यो खेल हुन् लागेको हो । क्रिकेटको 'मक्का' समेत भनिने लर्ड्समा हुन् लागेको यो खेल ५० ओभरको हुनेछ ।

 बेलायत भ्रमणमा रहेको नेपालले यहि जुलाई महिनामा त्यहाका ४ स्थानीय क्लबसंग अभ्यास खेल खेलेको थियो ।  ४ ओटै खेलमा जित दर्ता गरेको नेपाली टोली उच्च मनोबलमा छ ।

बेलायत प्रस्थान गर्नु अघि नेपाली टोलीका कप्तान तथा प्रशिक्षकले नेपालका लागि लर्ड्समा खेल्नु नै ठूलो अवसर भएको बताएका थिए । खेल हेर्न १० हजार नेपाली आउने अनुमान आयोजकले गरेको छ । खेलको लागि टिकटको मूल्य १० पाउण्ड राखिएको छ भने ६५ बर्षभन्दा बढी उमेरकाले ५ पाउण्ड मै खेल हेर्न सक्ने छन् । १६ बर्ष मुनिकाले निशुल्क रंगशालामा गएर खेल हेर्न सक्ने छन् ।

खेल नेपाली समय अनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ ।

आगामी महिना नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोली मेरोलेबोन क्लबको निम्तोमा बेलायत पुगेको हो  ।

लाइभ हेर्ने लिंक  ।

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved