घूस मागेको पुष्टि भएको भन्दै अख्तियारद्वारा भ्रष्टाचार मद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 02:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घूस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको गरेको बताएको छ ।

उनलाई आयोगको नेपालगञ्जको टोलीले गत बैशाख ५ गते सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । साथै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार रुपैयाँ बिगो मागदावी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved