कार्पेटको सट्टा पार्केटिङ ठिक कि भिनायल ? यस्तो छ मूल्यमा अन्तर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2021 | 04:06:04 PM मा प्रकाशित

laxmi  sunrise bank

घरका भुइँमा अहिले कार्पेट बिच्छ्याउने चलन कम हुँदै गएको छ । तैपनि, समान्य स्तका होटल र व्यक्तिगत आवासीय घरहरुमा भने कार्पेट नै लगाइँदै आएको छ । तर, ठूला र स्टार होटल तथा अपार्टमेन्ट र हाउजिङमा भने काठको पार्केटिङ, लेमिनेटेड पार्केटिङ वा सिन्थेटिक भिनायल लगाउने गरिन्छ ।

मूल्यका आधारमा के लगाउने भन्ने निर्णय गर्नु उपर्युक्त हुने डेकोरका सञ्चालक तथा व्यवसायीहरु बताउँछन् । तुलनात्मक रुपमा कार्पेटभन्दा काठको पार्केटिङ, लेमिनेटेड पार्केटिङ वा सिन्थेटिक भिनायल महँगो हुन्छ ।

कार्पेट अस्वस्थकर

घरका भुई तथा कोठामा कार्पेट बिच्छ्याउनु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिँदैन । कार्पेटभित्र धुलो जम्मा भएर छालामा समस्या आउने, एलर्जी हुने, पानी पोखिँदा सुख्खा नहुने, चिया पोखिँदा जम्ने र घरमा केटाकेटी छन् भने उनीहरुले गरेको पिसाव जमेर बस्ने र सफा गर्दा पनि सफा नहुने भएकाले कार्पेट स्वास्थ्यका लागि राम्रो मानिँदैन ।  

त्यसैले पनि कोठा भाडामा लिएर बस्नेले बाध्य भएर कार्पेट प्रयोग हुन्छन् भने आफ्नै घर भएकाले शहरी बजारमा कार्पेट राख्न छोडिसकेका छन् । उनीहरुले भिनायल वा पार्केटिङ प्रयोग गर्छन् ।

पार्केटिङ महँगो

भिनायल भन्दा काठको पार्केटङ महंगो पर्छ । नेपालमा चीन, दक्षिण कोरिया लगायतका देशबाट तयारी लेमिनेटेड पार्केटिङ पनि आउने गरेका छन् । 

रेडिमेट खोलभित्र भुस खाँदेर बनाइएको पार्केट हेर्दा काठजस्तै देखिएपनि यो काठको पार्केटभन्दा धेरै सस्तो पर्छ । पार्केट फ्लोरिङ काठका टुक्रा जोडेर बनाईउको हुन्छ । भिनायल फ्लोरिङ पिभिसी सिन्थेटिकबाट बनाइन्छ । पार्केट फ्लोरिङभन्दा भिनायल बलियो हुने व्यवसायीको भनाई छ ।

भिनायल र पार्केटिङमा कति छ मूल्यको अन्तर ?

भिनायलको तुलनामा काठको पार्केट फ्लोरिङ महंगो छ । रेडिमेट लेमिनेटेड पार्केट प्रतिवर्गफिट ८ एमएमको १३० देखि १७० रुपैयाँसम्म पर्छ । १२ एमएमको भने एक वर्गफिटको मूल्य २३५ देखि २५० सम्म पर्ने हुन्छ । १२ एमएमकै हाई क्वालिटीको भने ३ सयको हाराहारीमा पर्ने व्यवसयीको भनाई छ । 

नेपालकै काठबाट पनि पार्केटिङ बनाउने गरिएको छ । सिसौको काठबाट बनेको ८ एमएमको फ्लोरिङ प्रति वर्गफिट ३६० रुपैयाँसम्म पर्छ । १० एमएमको पार्केटिङको न्युनतम २७० देखि अधिकतम ५७० रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् । सिसौको काठबाट बनेको १२ एमएमको स्पेशल पार्केटिङको भने प्रतिवर्गफिट ६ सय रुपैयाँसम्म पर्छ ।

सिन्थेटिक भिनायलको फ्लोरिङ गर्दा २ एमएमको ११३ रुपैयाँसम्म र ३ एमएमको १२८ रुपैयाँ प्रतिवर्गफिट पर्ने व्यवसायीहरुको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved