रुरु हाईड्रोको आईपीओ पर्यो कि परेन ? यसरी हेर्नुहोस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2021 | 09:32:28 AM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रवन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ । रित पूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ आवेदकबाट २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन परेको थियो । यो मध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत पाएका छन् । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् ।

यसरी हेर्नुहोस् रिजल्ट

सिडिएस एन्ड क्लियरिङले आईपीआको नतिजा हेर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँडको नतिजा हेर्न सिडिएसले ल्याएको नयाँ वेबसाइट iporesult.cdsc.com.np मार्फत रुरु जलविद्युतमा आफूलाई सेयर परे नपरेको हेर्न सकिनेछ ।

रिजल्ट रुरु जलविद्युत परियोजनाको परियोजनाको वेबसाइट र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि हेर्न सकिनेछ । सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved