कोभिड राहत सामाग्री लिएर जन्मथलो पुगे डा.सैयद, गाउँ बिर्सिएकाको लागि बने प्रेरणाको स्रोत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 09:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले आफ्नो गृहनगर भीरकोट नगरपालिका स्याङ्गजालाई कोभिड राहत सामाग्रीहरु वितरण गरेका छन्।

नेपाल चिकित्सक संघका केन्द्रिय परिषद सदस्य समेत रहेका डा. सैयदले कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरु सहयोगस्वरूप हस्तान्तरण गरेका हुन्।  

डा. सैयदले कोभिड बिरामीहरुलाई अति आबस्यक पर्ने अक्सिजन कन्सनट्रेटर, मास्क,साबुन,ग्लोभ्स र स्यानीटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेका हुन्। चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. लोचन कार्कीका अनुसार अहिलेको कोभिड दोश्रो लहरमा मात्रै दुई सय भन्दा बढी स्वास्थ्य संस्थाहरुमा संघले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको जानकारी दिए।

ड़ा. सैयदलाई स्वागत गर्दै भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनाल र अन्य सदस्य

चु ची फाउण्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा उक्त सहयोग प्रदान गरेको संघका महासचिव डा.बद्री रिजालले बताए। 

अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, एचएफएनसी, पिपिईलगायत अत्याबस्यक कोभिड राहतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रमहरु देशभर नै संचालन भईरहेको संघका सहायक प्रशासनिक अधिकृत प्रवेश लामिछानेले बताए। 

डा. सैयद लाइ धन्यबाद दिदै नगर उप प्रमुख सिमा कर्माचार्य साथमा वडा सदस्य मुहम्मद मियाँ

हस्तान्तरण कार्यक्रममा भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले दाता संस्था र नेपाल चिकित्सकसंघ लाइ धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगलाइ निरन्तरता दिन आव्हान गरे। वडा अध्यक्ष दिपेन्द्र केसीले डा. सैयदको समाजसेवीपनको तारिफ गर्दै नगरपालिकाको तर्फ बाट धन्यबाद ज्ञापन गर्दै शिक्षा र न्यानो कपडा कार्यक्रमहरु लियर डा.सैयद जिल्ला आइराख्ने कुरालाई उजागर गरे। 

नगर उप प्रमुख सिमा कर्माचार्यको स्वागत मन्तव्यमा डा. सैयद लाइ धन्यबाद दिदै यस्ता कार्यक्रमहरुले भिरकोटमा जन्मेर ओहोदामा पुग्नु भयका अन्य व्यक्ति हरुलाई पनि जिल्ला आउन प्रेरणा मिल्ने बताइन। उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल, ने.का. नगर सभापति तोय नारायण अर्याल साथै समाजसेवी गोबिन्द कर्माचार्य , हाजी नसिब दिन मिया, महमद मिया, कुदरत अलि र संचारकर्मी हरुको को उपस्थिति थियो। 

No description available.

आफु संसारको जुन सुकै कुनामा पुगे पनि आफ्नो जन्मथलोलाइ सदैब आफुले सकेको कार्यहरु गर्ने आस्वासन दिदै डा. सैयदले कोरोनाबाट बच्ने उपाय,भ्याक्सिन र उपचार बारेमा तल्लो तह सम्म जनचेतना मुलक कार्यक्रमहरु गर्न सकेमा अबस्य पनि छिटै यो महामारीको अन्त्य हुने विश्वास ब्यक्त गरे। कोभिड १९ को यो महामारीमा कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै ड़ा. सैयदले चुची फाउन्डेसन र नेपाल चिकित्सक संघलाई बिशेष धन्यबाद दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved