नेपालमा कोरोनाभाइरसका तीन किसिमका भेरिएन्ट भेटिएको पुष्टि, सचेत रहन सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 08:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हालसम्म कोरोनाभाइरसका तीन किसिमका भेरिएन्ट भेटिएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज एक बिज्ञप्ती जारि गर्दै नेपालमा परिवर्तित भाइरस सहित तीन किसिमका भेरिएन्ट भेटिएको पुष्टि भएको जनाएको हो। 

देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) (बी १६१७२) र ३ प्रतिशतमा (बी१६११७१) भाइरस फेला परेको स्वास्थ्य मन्त्रलायले जनाएको छ। 

परिवर्तित बी(१६१७२ र बी(१६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरससँगै नेपालमा फैलिएको कोरोनाभाइरसको नयाँ प्रजाति तीन पुगेको छ। यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा समेत गरेको छ । हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समुहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएकाले सबै सचेत र जिम्मेवार बनि जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्नलाई स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ। 

No description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved