आज २ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 10:27:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ४ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १० रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved