कोरोनाको हटस्पट नरैनापुरको पिडा: उपचारलाई डाक्टर छैनन्, नुन किन्न ३७ किलोमिटरको यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2020 | 03:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाईनमा २५ बर्षिय युवकको मृत्युको भएपश्चात सरकारको व्यवस्थापनप्रति प्रश्न उठेको छ।  कोरोनाले भन्दा कम्जोर व्यवस्थापनको कारण ती युवकको मृत्यु भएको भन्दै सरकारको आलोचना समेत गरिएको गरिएको छ। सोमबार मात्रै एकै दिन त्यहाँ ४७ जनामा कोरोना पोजेटिभ भेटीएपछि नरैनापुर कोरोनाको हट स्पट बन्न पुगेको छ।  

बैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका ति युवकको जेठ ३ गते स्वाब परिक्षण गरिएको तर कोरोनाको रिजल्ट आउनु पुर्व नै मृत्यु भएको नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बिजपाटीलाई बताएका छन्।  बिहान एक्कासि स्वास्थ्यअवस्था असामान्य भएपछि क्वारेन्टाईन मै मृत्यु भएको गाउँपालिका प्रमुख शाहले बताए। 

गाउँपालिकाको बजेटले भ्याएसम्म आफुहरुले क्वारेन्टाइनमा बस्नेहरुको र स्थानीय नागरिकको स्वास्थ्य तथा खाद्यान्नको व्यवस्था मिलाएको बताउदै गाउपालिका प्रमुख शाहले प्रदेशले १० लाख सहयोग गरेपनि केन्द्र सरकारबाट कुनै सहयोग नमिलेको गुनासो गरेका छन्। 

उक्त गाउँपालिकाका ६ वटा वडामा अहिले १३ वटा क्वारेन्टाइन स्थापना गरिएका छन्। त्यहाँ आजको दिनसम्म ७५९ जना क्वारेन्टाइनमा बसेका छन्। पालिकाको बजेटबाट क्वारेन्टाइनमा बस्नेहरुलाई दिनको दुई छाक खाना र दुई पटकको खाजाको व्यवस्था जसो तसो चलेको शाहले बताए। भारतबाट नेपाल आउनेको संख्या दिनानुदिन बढ्दै गएको तर पालिकासँग सिमित स्रोत साधन रहेकाले व्यवस्थापन जटिल हुँदै गएको शाहले बताए। 

उनि भन्छन, सामान्यअवस्थामा यहाँका बासिन्दाहरु यहींकै सानो हाट बजारमा सामान किन्थे भने यहाँको लागि नजिकको बजार भारत थियो। तर लकडाउनले बोर्डर सिल हुँदा एक पोका नुनको लागि पनि ३७ किलोमिटरको दुरी डेढ दुइ घण्टामा पार गरेर सदरमुकाम नेपालगंज नै जानुपर्ने अवस्था छ। आउने सामान पनि एकै पटक आउदैन, पटक पटक गरि सामान आउँदा क्वारेन्टाइनमा बस्नेलाई गाँसको सुविधामा कठिन हुँदै गएको छ। 

भारतसँग सिमा जोडिएको उक्त गाउँपालिकामा ६ वडा रहेका छन्, जसमा करिब ५० हजार नागरिक बस्दै आएका छन्। जसमध्ये ४० प्रतिशत जनसंख्या इस्लाम धर्ममा आस्था राख्ने मुस्लिम धर्मावलम्बी छन्। सामान्यअवस्थामा त्यहाँका स्थानीयहरु भारतको बजारमा नै गएर सामान कीन्ने गर्दछन। 

डाक्टर र नर्सबिहिन गाउँपालिका 

नेपालका अन्य ठाउँहरुमा डाक्टर र नर्सको व्यवस्था सहज देखिएपनि बाँकेको उक्त गाउँपालिका भने पछिल्लो दुई बर्षदेखि डाक्टर बिहिन रहेको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा प्रमुख मोइन खानले बिजपाटीलाई बताए। त्यहाँका वडाका स्वास्थ्यचौकीमा डाक्टरको दरबन्दी भएपनि अहिलेको कठिन परिस्थितीमा समेत स्वास्थ्य चौकी हेल्थ एसिस्टेन्टको भरमा चलेको खानको गुनासो छ। 

आधारभुत उपचार त्यहीं सम्भव भएपनि सिरियस तथा इमर्जेन्सीका बिरामीलाई दुई तिन घण्टा लगाएर सदरमुकाम नै पुर्याउनुपर्ने अवस्था रहेको उनको भनाई छ। 'डाक्टर र स्टाफ नर्सको दरबन्दी छ, सम्पन्न देखिने स्वास्थ्य चौकी पनि छ तर डाक्टर र स्टाफ नर्स छैनन्, अहिले स्वास्थ्यचौकी हेल्थ एसिस्टेन्टकै भरमा चलेको छ' उनले भने,  'स्वास्थ्यचौकीमा न पीपीई छ,  न कोरोना उपचारमा प्रयोग हुने पर्याप्त स्वास्थ्य सामग्री।'

विकटमा रहेको गाउँपालिकालाई केन्द्र सरकारले बेवास्था गरेको पालिका प्रमुख शाहले बताए। अहिलेसम्म युएस एड नामक एक संस्थाले सक्षम मार्फत सानो सहयोग गरेपनि कसैले केहि सहयोग नगरेको उनको भनाई छ।  'भारतको सिमानाकामा भएपछि नेपाल आउनेहरु यहाँको क्वारेन्टाइनमा बस्नुहुन्छ, क्वारेन्टाइनमा बस्नेको संख्या बढिरहेको छ, सिमित स्रोतले कसरि कहिलेसम्म धान्ने भन्ने चिन्ताले सताएको छ, हाम्रो समस्या केन्द्रको सरकारलाई सुनाईदिनुहोला' उनले भने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved