गुडविल फाइनान्सको २५ बर्षे छलाङ: डेढ करोडबाट ८० करोडको यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 15, 2020 | 02:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले संचालनको २५ बर्ष पुरा गरेर आज २६ औं बार्षिकोत्सव मनाईरहेको छ। २०५१ सालमा कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएर २०५२ सालमा राष्ट्र बैंकबाट फाइनान्स कम्पनीको अनुमति पाएको गुडविल फाइनान्सले २५ बर्षे यात्रा पुरा गर्दा आज पनि स्थापनाकालदेखिकै संचालक, निक्षेपकर्ता, ऋणी र कर्मचारीको साथ पाइरहेको छ। 

२०५१ सालमा १३ जना संस्थापकले १ करोड २५ लाख पुँजीबाट सुरु गरेको गुडविल फाइनान्स आज ८० करोडको चुक्तापुंजी भएको स्थापित फाइनान्स कम्पनीको पहिचान बनाएको छ। अन्य फाइनान्स कम्पनीहरु मर्ज हुँदै ठुलो बन्दै गर्दा गुडविल फाइनान्स भने आफ्नै बलबुतोमा नियामक राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा गर्दै यहाँसम्म आईपुगेको हो। 

आजको अवस्थामा गुडविल फाइनान्स ८० करोड चुक्ता पुंजी भएको अग्रणी फाइनान्स कम्पनी हो। जसले १६ वटा शाखा कार्यलय मार्फत नेपाल भर आफ्नो सेवा दिईरहेको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ८ लाख खुद मुनाफा आर्जन गरेको फाइनान्ससंग आज रिजर्भमा ४३ करोड रहेको छ। 

स्थापनाकालमा संस्थापक कार्यकारी प्रबन्धकको भूमिकामा रहेका सरोजकाजि तुलाधारको नेतृत्त्वमा फाइनान्सले नयाँ उचाई हासिल गरेको छ। यद्दपी स्थापनाकालमा फाइनान्सका अध्यक्ष प्राध्यापक डा. मनोहर कृष्ण श्रेष्ठ र प्रबन्ध निर्देशक सुधिरमान मास्केको फाइनान्सप्रति बिर्सिन नमिल्ने योगदान रहेको छ।  करिब २०६२ सालतिर फाइनान्समा प्रमुख कार्यकारी अधिकृत बनेका तुलाधारको नेतृत्त्वमा नै अहिले फाइनान्स रहेको छ। तुलाधार फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्तीय संस्था संघको अध्यक्ष समेत हुन् । 

स्थापनाकालको अवस्था स्मरण गर्दै सीईओ तुलाधार भन्छन, त्यो बेला चिनेजानेकोमा नै निक्षेप लिन जानु पर्ने अवस्था थियो, निक्षेप दिंदा पनि फाइनान्स डुब्यो भने सबै भन्दा पहिले मेरो पैसा फिर्ता गर है भन्थे, यदिसम्मकि निक्षेप राख्न भन्दा पहिले उनीहरुले फाइनान्सबाट ऋण लिन्थे, पछि मात्र थाहा भयो, फाइनान्सले कति बिश्वस्त तरिकाले काम गर्ने रहेछ भनेर विश्वसनीयता जाँच्न निक्षेप लिएका रहेछन। 

तुलाधार अगाडी भन्छन, तर आजको अवस्था फरक छ, त्यो बेला दश हजार राख्ने निक्षेपकर्ताले नै अहिले करोड बढी निक्षेप राख्नु भएको छ। पहिले घरघरमा पुग्नुपर्थ्यो तर अहिले हाम्रो केन्द्रिय कार्यलय र शाखामा नै पुगेर फाइनान्सबाट सेवा लिनुहुन्छ। 

त्यो बेला फाइनान्स कम्पनीले मुद्दती निक्षेप लिन बाहेक अरु खाता खोल्न नपाउने अवस्था रहेको भन्दै तुलाधार भन्छन, अहिलेका कतिपय फाइनान्स चलाउनेहरुलाई थाहा नहुन सक्छ, त्यो बेला फाइनान्स कम्पनी एक्ट अन्तर्गत चलुपर्थ्यो र हामीलाई फिक्स डिपोजिट मात्र खोल्ने अनुमति थियो, बचत, चालु लगायतका खाता खोल्नलाई अनुमति थिएँन। राष्ट्र बैंकले नियमन गरेपनि त्यो बेला फाइनान्स कम्पनीहरु फाइनान्स कम्पनी एक्टबाट नै संचालित हुन्थे। पछि बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत कानुन बनेको हो जसलाई हामि 'बाफिया' भनेर चिन्छौं। 

बैंक वित्तीय संस्था भनेको बिश्वासमा चल्ने संस्था हुन्। त्यसमा पनि कुनै संस्थाले २५ बर्षको यात्रा पुरा गर्दै गर्दा त्यहाँका कर्मचारी, ऋणी, निक्षेपकर्ता, संचालकले पनि निरन्तरता पाउँछन भने संस्थाको लागि त्यो ठुलो उपलब्धि हो। जुन उपलब्धि गुडफाइनान्सले हासिल गरेको छ। अहिले सीईओ रहेका तुलाधार मात्रै नभई झन्डै आधा दर्जन बढी कर्मचारीले पनि गुडविल फाइनान्समा २५ बर्षको यात्रा फाइनान्ससंगै पुरा गरेका छन्। 

यति मात्र नभई स्थापनाकालमा १० हजार निक्षेप राख्ने निक्षेपकर्ता अहिलेपनि निरन्तर छन फरक मात्र अंकको हो। हिजो ति निक्षेपकर्ता हजारमा निक्षेप राख्थे भने अहिले करोडमा। 

यो २५ बर्षमा गुडविल फाइनान्सको अवस्थासंगै नीतिगत रुपमा वित्तीय संस्थामा पनि ठुलो परिवर्तन आएको छ। त्यो बेला फिक्स डिपोजिट बाहेक अरु कुनै खाता खोल्न नपाउने फाइनान्सले आज बैंकिङ अन्तर्गतका धेरै सुविधा दिन पाउँछन। हिजो फाइनान्स एक्ट अन्तर्गत चलेका फाइनान्स कम्पनीहरु आज बाफिया अन्तर्गत छन। 

त्यसो त नियमन निकायबाट बिभिन्न बेला आउने चुक्तापुंजी वृद्धि योजना फाइनान्सको लागि चुनौतिपूर्ण नभएको होइन। तर आजसम्म आफ्नै बलबुतोमा यहाँसम्म आइपुगेकाले आगामी दिनमा पनि सकेसम्म आफैं बिस्तार हुँदै जाने रणनीतिमा आफुहरु रहेको सीईओ तुलाधारको भनाई छ। यद्दपी लाभदायक अवसर सृजना भयो भने त्यसलाई नकार्न नसकिने उनि बताउँछन। 

अन्य वित्तीय संस्थासंगै फाइनान्स कम्पनीका आफ्नै चुनौती नभएका भने होइनन। निक्षेपको ब्याजमा सहकारीसँग प्रतिष्पर्धा गर्नुपर्ने र ऋणको ब्याजमा बाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने ठुलो चुनौती फाइनान्ससामु रहेको छ। यद्दपी यो चुनौती आफुहरुले सामना गरिरहेको र भविष्यमा पनि गर्ने बताउदै सीईओ तुलाधारले राज्यले नीतिगत रुपमा फाइनान्सका लागि केहि काम तत्काल गर्नुपर्ने सुझाब दिए। 

लकडाउनको बेलाको घटना स्मरण गर्दै तुलाधारले सरकारले सवारी पास दिएपनि सुरक्षा निकायले बैंक र बिकास बैंकलाई चिन्दा फाइनान्स कम्पनीलाई सहकारी जस्तै ठानेर पासलाई मान्यता नदिएकोप्रति दुखेसो गरे।  बैंक र विकास बैंकले पासमा सहजै काम गर्न  पाउँदा फाइनान्स कम्पनीलाई सहकारी सोचेर पासमा प्रश्न उठाइएको भन्दै फाइनान्सले आफ्नो नामको पछाडी कन्जुमर बैंक राख्न पाउनुपर्ने तुलाधारको सुझाब छ। 

केहि चुनौती र दुखका पल भोग्न परेपनि गुडविल फाइनान्ससँगको यो २६ बर्षे यात्रा स्मरणयोग्य र उपलब्धिमुलक भएको सीईओ तुलाधार बताउँछन। २६ औं बार्शीकोत्सवको अवसरमा फाइनान्सका निक्षेपकर्ता, ऋणी, ग्राहक, कर्मचारी, व्यवस्थापक, संचालक र नियामक तथा सरोकारवाला सबैप्रति अहिलेसम्मको साथको लागि आफु आभारी रहेको भन्दै सीईओ तुलाधारले सबैमा गुडविल फाइनान्सको २६ औं वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका छन्।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved