९ प्रतिशत ब्याज दिने गरि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै सरकार, शेयर भन्दा पनि 'लिक्विड'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 10:46:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि गर्ने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्न लागेको हो । बिक्री सम्पन्न भएपछि जेठ २९ गते बचतपत्र निष्काशन हुने छ 

नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ । मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ । 

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्ने । यस बचतपत्र  वार्षिक ९ प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुने छ ।

यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ। यो बचतपत्र धितो राखी  बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ। 

यस बचतपत्रको किसिम स्टक  हो । सामान्यता लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ। 

यो ५ बर्षे अवधिको बचतपत्र भएपनि यसलाई जुन सुकै बेला पनि बेच्न सकिन्छ । यस बारेलाई धेरैलाई जानकारी नहुन सक्छ ।  स्टक प्रमाणपत्रको हकमा बेच्नको  लागि भने बैंकमा जानु पर्ने ब्यबस्था छ ।  यसरी बेच्दा जुन दिनमा बेचिएको हो , त्यस दिनसम्मको ब्याज सहित पैसा फिर्ता पाइन्छ ।  

खण्डित अवधिको ब्याजको हकमा भने बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन रकम बराबर निष्कासन मिति सम्म रोक्का राख्नुपर्नेछ। निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकोले खण्डित अवधिको व्याज रकम भुक्तानी नदिइने कर्यालयले जनाएको छ ।

यदि बचतपत्र खरिद गरेकाहरुले यसलाई बेच्न चाह्यो तर कोहि खरिदकर्ता पाएन भने उसले बजार निर्माता अर्थात मार्केट मेकरकोमा गएर बेच्न सक्छ ।  मार्केट मेकर भनेको बैंकहरु नै हुन् । यो जुन सुकै बेला बेच्न सकिन्छ, मार्केट मेकरसँग होइन म किन्दिन्न भन्ने विकल्प नै हुदैन, उनीहरुले त्यो खरिद गर्नै पर्छ । त्यस्तै मार्केट मेकरले पनि चाहेमा जुनसुकै बेलामा त्यो राष्ट्र बैंकलाई बेच्न सक्छन् ।  त्यहि कारण यो स्टक एक्चेन्जमा कारोबार हुने शेयर भन्दा पनि लिक्विड मानिन्छ।  शेयर बेच्न खोज्दा खरिदकर्ता नपाउने सम्भावना हुन्छ, तर बचतकर्ताको हकमा खरिदकर्ता जुनसुकै बेला खरिद गर्न तयार भएर बसेको हुन्छ ।  यसरी बीच मै बेच्दा फेस भ्यालु र त्यस दिनसम्मको ब्याज बेच्नेले पाउने छ । 

प्रमाणपत्र भने DOMS प्रणालीको खरिदकर्ताको सम्बन्धित UID बाट Digital रुपमा उपलब्ध हुने छ। यो बचतपत्र खरीद / बिक्री सम्बन्धी अन्य व्यवस्था सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० र ऋणपत्र निष्कासन तथा सञ्चालन समितिको निर्णय बमोजिम हुने छ।

कसरी दिने आवेदन ?

इच्छुक खरीदकर्ताले यो बचतपत्र खरीद गर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको DOMS प्रणाली अन्तर्गत Investor Portal मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।  २०८१ वैशाख २३ गतेदेखि https://investor.doms.gov.np मा राखिएको अनलाइन आवेदन प्रक्रिया अनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ। यो आवेदन भर्ने कार्यमा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरूको सूची कार्यालयको वेबसाईट https://www.pdmo.gov.np मा राखिएको छ । आवेदन कर्ताले सूचनाको अवधिभित्र एक पटक वा पटक पटक समेत आवेदन दिन सक्ने छन्।

के के चाहिन्छ कागजात ?

आवेदन दिंदा राहदानी (फोटो सहितको फ्रन्ट पेज, अध्यागमनको अराईभल वा डिपार्चरको छाप लागेको पेज) कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको),विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद (Remittance Voucher) वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर, परिवारका अन्य सदस्यले खरीद गर्ने भए वैदेशिक रोजगारमा संलग्न सदस्यको नागरिकताको प्रतिलिपि, तथा नावालकको नाममा संरक्षक भइ खरीद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्ने छ।

उल्लिखित कागजात स्क्यान गरी https://investor doms.gov.np मा अनिवार्य रुपमा Upload गर्नुपर्ने छ, सम्पूर्ण कागजातहरू Upload गर्दा PDF, JPEG को Format मा हुनु पर्नेछ र प्रत्येक कागजात 5 MB भन्दा कम हुनु पर्ने छ।

आवेदन दिनको लागि सहजीकरण गर्ने बिक्री एजेन्टहरूको सूची:

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved