अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 01:31:15 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको छ ।

अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेट मार्फत सम्वोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो । सो अवसरमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए ।

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो । साथै उनले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको पनि बताए । 

उनले भने, ‘विगतमा लिएका संकुचित नीतिका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा छ । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ, सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ ।’ 

आयकर ऐन २०५८ का अधिकांश  प्रावधानहरु स्पष्ट नभएकाले अन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरु देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएको छ ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । साथै उनले निजी क्षेत्रको समस्या समाधानका लागि आफुले पहल गर्ने पनि बताए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved