वैश्विक महामारीले निम्याउँन सक्ने आर्थिक कहरको संशयका साथ २०७७ को सुरूवात भएको हामी सबैले महशुस गरेका थियौँ । जुन एक वर्ष पछि नयाँ वर्ष २०७८ को पहिलो दिनको पुर्वसन्ध्यासम्म आईपुग्दा पनि यथावत छ । तथापि सेयर बजारका अङ्कहरूले हामीलाई २०७७ सालका प्रत्यक कारोबार अवधि भरी उक्त संशयलाई चिर्न मद्दत गर्यो ।
उक्त आशंकागत संशयको कालो बादल हटिसकेको छैन भन्दा अन्यथा नहोला
। महामारीले सिर्जित आर्थिक कहर आगामी दिनहरुमा कुन रूपमा अगाडि जान्छ र यसले अर्थतन्त्रको
ऐना रूपी सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने यकिनका साथ भन्न सक्ने अवस्था अझै
छैन भन्दा गलत नहोइएला । यद्यपि २०७७ साल
भरिका कारोबारको आधारमा नैराश्य हुनु पर्ने स्थिती देखिदैन, तर प्रत्येक पल
सजक हुनु अनिवार्य छ । किनभने उक्त वर्ष सेयर बजारमा धेरै खेलहरू खेलिएका थिए र
आगामी दिनमा यसको सकारात्मक र नकारात्मक दुवै पक्षको बाछिटा पर्ने निश्चित छ ।
विभिन्न क्षेत्रहरुमा छरिएर रहेका धन सेयर बजारमा आएको कारण यसको कुनै पनि बेला
बहिर्गमन हुने सम्भावना रही रहेको छ । यस पक्षलाई आत्मसाथ गर्दै आगामी दिनमा
कारोबार गर्दा आफ्नो कारोबार रणनीति बनाउँन आवश्यक छ ।
२०७८ को पूर्वसन्ध्यामा सबैमा नयाँ वषैको शुभकामना सहित यस वर्ष सेयर बजारमा अझ धेरै सुझबुझ, धैर्य र जोसकासाथ यहाँहरू सबैले कारोबार तथा लगानी गर्न सक्नुहोस् भन्ने शुभेच्छा सहित पुःन एक पटक नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।
सजग भएर कारोबार गरौँ, आगलागी झुपडि डेढ घडी भद्रा नहोस्,भद्रा
नक्षत्रको दुहाई दिएर खरानी बनाउँने प्रयत्नको शिकार हुनबाट बचौँ । २०७८ सालमा पनि
सदा झैँ सेयरबजारमा कारोबार गर्दा निम्न लिखित बुँदाहरूलाई आत्मसाथ गरौँ ।
१. सेयर कारोबार स्थिति आफ्नो लगानी र क्षमता अनुरूप छ, छैन
भन्ने कुराको हिसाब राख्ने बानी बसालौँ । नाफा वा घाटाको हिसाब राख्न नहतारिऔँ ।
२. कुन कंम्पनीको सेयर किन्ने, उक्त कम्पनीको
हालको अवस्था त्यसको वासलात, सरकारी निर्णयले त्यसलाई पार्न सक्ने
असर आदिको अध्ययन गरौँ ।
३. कति कित्ता सेयर कुन कंम्पनीको किन्ने, यस यक्ष
प्रश्नको उत्तर आफ्नो जोखिम बहन क्षमताको आँकलन गरेर मात्र सेयर किन्ने बानी
बसालौँ ।
४. यदि सेयर ऋणमा वा मार्जिन सुविधा प्रयोग गरेर किन्ने हो भने उक्त
सेयर कति समय सम्म आफ्नो स्वामित्वमा राख्ने (होल्ड गर्ने) त्यसको पूर्वानुमान
गरेर मात्र किन्नु उपयुक्त्त हुन्छ ।
५. सेयर मूल्यको उत्तार चढाव एउटा नियमित प्रकृया हो, त्यसकारण आफुले
किनेको सेयरको मूल्य घटेको छ भने थप जोखिम न्यूनीकरण गर्न आवश्यक परेको अवस्थामा
थप रकमको व्यवस्था गर्न सक्नु पर्छ । यस्तो परिस्थितिमा सधैँ तयार रहौँ ।
६. सेयर बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूले सेयर बजार
सम्बन्धी आधारभूत विश्लेषणहरू तथा केही प्राविधिक पक्षहरूको अध्ययन गर्नु पर्छ ।
आफ्नो लगानीको सुरक्षा अरूले गरिदिदैन, स्वयम् आफैले गर्नु पर्छ ।
७. बजारमा अरूको कुरा सुन्नु पर्छ तर सेयर बेच्ने वा किन्ने निर्णय
आफै गर्नु पर्छ ।
८. बेचिसकेको सेयरमा सधैँ पूर्वाग्रही हुने बानी आम लगानीकर्ताहरूको
हुन्छ, त्यो अत्यन्त प्रतिउत्पादक बानी हो । यस्तो बानीको त्याग गरौँ । साथै
आफूले किनेको सेयरप्रति आवश्यकता भन्दा धेरै आश्वस्त हुन पनि छोड्नु पर्छ ।
९. लगानीकर्ताको रूपमा सेयर बजारमा प्रवेश गर्ने हो वा कारोबारीको
रूपमा त्यसको निर्णय सुरूमा नै गरौँ ।
१०. बजारको दिशा कता उन्मुख छ , वा कति अङ्कको
वृद्धि हुन्छ भन्ने कुरा गौण हो । आफूले बजारबाट कतिसम्म नोक्सान वहन गर्न तयार
रहेको वा कतिसम्म नाफा पर्खने भन्ने कुरा मनन गर्दै आ–आफ्नो क्षमता अनुसार करोबार
गर्ने बानी बसालौँ ।
११. सेयर किने पछि आफूले किनेको सेयरको अध्ययन र विश्लेषण गर्ने बानी
छोडौँ, पहिले नै गर्ने गरौँ ।
१२. सेयरको मूल्य माथि जाँदा सेयर बजारमा आम धारणा अब समय गयो ढिला
भयो भनेर किन्न वा बेच्न हतारो गर्ने बानी छ । तर यस्तो मनस्थितिको विकास नगरौँ ।
सेयर किन्ने बेला धेरै पटक आउँछ जसरी बेच्ने बेला आउँछ ।
१३. धेरै लगानीकर्ताहरू सेयर बजारको चक्रलाई नै चुनौति दिने हिसाबले
कारोबार गर्ने कोशिस गर्छन् । सेयर बजार चक्र एउटा महत्त्वपूर्ण पेशा भएको कारण
लगानी गर्दा यसको ख्याल राख्नु अत्यन्त आवश्यक छ । तसर्थ ठूला कारोबारीहरूको पछि
लागेर सेयर बजार चक्रलाई परिवर्तन गर्न लाग्नु लाभदायक हुँदैन ।
१४. सेयर बजारको कारोबारमा विश्लेषणको आधारमा विवेकको प्रयोग गर्नु
पर्छ । बजार ज्योतिषशास्त्रको आधारमा
चल्दैन तसर्थ त्यस तर्फ उन्मुख हुनु आवश्यक हँुदैन् ।
१५. व्यक्तिगत अनुभूति वा आधारहीन अनुमानको सेयर बजारमा कुनै अर्थ
हुँदैन् । तसर्थ कसैलाई लागेको आधारमा सेयर कारोबार गर्नु मुर्खता हो । छैठौँ
इन्द्रियको आधारमा करोबार नगरौँ ।
१६. सेयर बजारमा लगानीगर्दा आवेगलाई ठाउँ दिनु हुँदैन । तसर्थ सेयर
किन्ने मूल्यसंगै राफसाफ कतिमा गर्ने भन्ने पनि निश्चय भएर लगानी गर्नु उत्तम
हुन्छ ।
माथिका बुँदाहरूलाई
सेयर कारोबारको समयमा सधैँ मनन गरौँ । साथै सेयर कारोबारमा अनुशासीत हुन सहयोग पु¥याउने
तलका थप बुँदाहरूलाई सधैँ आत्मसात गरौँ ।
क) हल्लाको आधारमा निर्णय नगरौँ ।
ख) आफ्नो जानकारी र क्षमताको आधारमा कारोबार गरौँ ।
ग) परिगणित जोखिम मात्र लियौँ ।
घ) अनावश्यक र बढी लोभ नगरौँ ।
ङ) धेरै भावनात्मक नहौँ ।
च) विश्लेषण र अध्ययन सधैँ गरौँ ।
छ) घाटा रोक्ने प्रयास गरौँ, राफसाफ मूल्य पहिलौँ तोकौँ ।
ज) आकस्मिक आर्थिक तथा राजनैतिक घटनाको कारण बजार धेरै प्रभावित हुने
हुँदा यसबाट जोगीन सधैँ तयार रहौँ ।
झ) सेयर कारोबार सम्बन्धी आफ्नो गुनासो सधैँ सम्वोधन गर्ने बानी गरौँ
।
ञ) धितोपत्र दलालको चयन गर्दा सधैँ आफ्नो अनुकूलताको आधारमा चयन गरौँ ।