कान्तिपुरको समाचारलाई लिएर गुडविल फाइनान्सका सीईओको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 09:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कान्तिपुरको एउटा समाचारलाई लिएर गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजि तुलाधारले आपत्ति जनाएका छन्। अरु सँस्थाको बिषयमा बनेको समाचारमा आफ्नो संस्थाको फोटो र भिडियो हालिएको प्रति असन्तुष्टि जनाउदै सीईओ तुलाधारले आपत्ति जनाएका हुन्। 

समाचारमा देखाईएको फोटो तथा भिडियोलाई लिएर उनले आर्थिक पत्रकारहरुको बुझाई तथा क्षमतामाथि समेत प्रश्न उठाएका छन्। कान्तिपुरले समाचारमा कोअपरेटिभको फोटो तथा भिडियो देखाउनुपर्नेमा उस्तै नाम मिल्ने अर्को आफु नेतृत्त्वको फाइनान्सको फोटो तथा भिडियो प्रयोग गरीएपछि उनले यस्तो प्रश्न उठाएका हुन्। 

गुडविल को अपरेटिभसँग सम्बन्धित समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएपछि पत्रकारमाथि सहकारी अर्थात कोअपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसकेको उनको आरोप छ। 

सर्वसाधारणको पैसा हिनामिना गरि गुडविल कोअपरेटिभका संचालक भागेको भन्ने समाचारमा गुडविल फाइनान्सको फोटो तथा भिडियो देखाईएको बिषयलाई लिएर तुलाधारले पत्रकारको बुझाईमाथि प्रश्न गरेका हुन्। 

"को अपरेटिभ र फाइनान्सबीचको भिन्नता छुट्याउन नसक्ने व्यक्ति आर्थिक पत्रकार कसरी बन्न सक्छन्" फाइनान्सहरुको छाता संगठन नेपाल बित्त संघका अध्यक्ष समेत रहेका तुलाधारले भने, "को अपरेटिभको समाचारमा फाइनान्सको फोटो तथा भिडियो देखाईएको छ, यसले पत्रकारले को अपरेटिभ र फाइनान्स छुट्याउन नसकेको स्पष्ट हुन्छ, कम्तिमा बित्त तथा आर्थिक क्षेत्रमा कलम चलाउनेहरुले को अपरेटिभ र फाइनान्स छुट्याउन सक्नुपर्छ। "

उनी अगाडी थप्छन्, "फाइनान्स क्षेत्र आफैंमा सम्बेदनशील क्षेत्र हो, त्यसमा पनि सर्वसाधारणलाई ठगेर संचालक नै फरार भएको भन्ने जस्तो गम्भीर प्रकृतिको समाचारमा एउटा संस्थाको साट्टो अर्को संस्थाको फोटो तथा भिडियो देखाईनु गम्भीर आपत्तिको बिषय हो। "

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved