मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजनको अनुसन्धानका लागि केयुसँग सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 03:04:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुर्याउने उदेश्यका साथ  ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच कम्पनीले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा बिराज सिंह थापा तथा  अन्य कर्मचारीहरुको उपस्थिति थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ । 

मुक्तिनाथ विकास बैंकलले यस्तो खालको सहयोगबाट  प्राकृतिक स्रोतको रुपमा रहेका असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved