राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न शक्तिकेन्द्र धाउँदै आकांक्षीहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 09:44:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको सीइओ बन्नलाई दर्जनौं व्यक्तिहरु आकांक्षीको रुपमा देखिएका छन्। अन्तिम समयमा आवेदन दिने नेपाली प्रवृत्तिलाई पछाउदै अहिलेसम्म कुनै आवेदन नपरेपनि आकांक्षीहरु भित्रै भित्रै लाइन मिलाउन शक्तिकेन्द्र धाउने गरेको पाइएको हो। 

वैशाख २७ गते भित्र आवेदन आइपुग्ने गरि वैशाख ७ गते सीइओको लागि दरखास्त आवेदन खुला गरीएपनि अहिलेसम्म आवेदन परेको छैन। तर आकांक्षीहरुको दौडधुप हेर्दा त्यो दिनसम्म दर्जन बढी आवेदन पर्न सक्ने अनुमान गर्न सकिन्छ। अहिलेसम्म आवेदन नआएपनि सीइओका आकांक्षीहरु बैंक पुगेर आफू अनुकुल सूचना लिने गरेका छन्। 

अन्यत्र जस्तै आरबिबिमा पनि शक्तिकेन्द्र नै अन्तिम निर्णायक हुने भएकाले सीइओका आकांक्षीहरु अहिले आफु अनुकुलका शक्तिकेन्द्र धाउने गरेको उनीहरुको गतिविधिले देखाउंछ। सत्ता नेतृत्त्व गरिरहेको नेकपा माओवादी केन्द्रको भागमा आरबिबि पर्ने भन्दै अहिले माओवादी निकटका आकांक्षीहरु सीईओको दौडमा लागिपरेको स्रोतको भनाई छ। अर्थमन्त्री पनि माओवादी र सत्ता नेतृत्त्व पनि माओवादीकै भएकाले आरबिबि माओवादीले पाउने भन्दै माओवादी निकट बैंक भित्र र बाहिरकाहरु सीइओको दौडमा आत्मविश्वासका साथ दौडेको जानकार बताउछन्। 

माओवादी लाइन हाबी भएको अवस्थामा बैंकमा कामु सीइओको रुपमा रहेका देबेन्द्र रमन नेपाल अबको सीईओं बन्ने बैंकभित्र चर्चा छ। प्रधानमन्त्री पुष्प कमल दाहाल पनि गोरखाबाट चुनाव जितेको र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि गोरखाकै भएको र प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको कुरा अर्थमन्त्री बर्षमान पुनले नकाट्ने भएकाले गोरखाका खनालको चर्चा बढी भएको स्रोतको भनाई छ। 

त्यस्तै सत्ता समीकरणमा निर्णायक अवस्थामा रहेको नेकपा एमालेले पनि आफ्नो दाबी गरेको अवस्थामा एमाले निर्णायक हुने भन्दै एमाले निकटकाहरु पनि सीइओको लागि शक्तिकेन्द्र धाईरहेको बिश्वस्त स्रोतले जनाएको छ। यस्तो लाइनमा विभिन्न बैकमा सीइओ रहेर काम गरिसकेका तत्कालीन सीइओहरु रहेका छन्। 

नेपाल बैंकमा सीइओ नियुक्तिका बेलामा भाग लिएका मध्ये धेरैले आरबिबिको सीईओको लागि आवेदन दिन सक्ने बलियो सम्भावना रहेको छ।  राष्ट्रिय वाणिज्य बैंक भित्रैका केहि कर्मचारीहरु पनि सकेसम्म आफ्नो पार्टीगत लाइन मिलाउने कसरतमा देखिएका छन्। 

वैशाख २७ गतेसम्म प्राप्त आबेदनबाट तीन सदस्सीय छनौट समितिले पाँच जनाको नाम छनौट गर्नेछ। त्यसपछि उनीहरुलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि डाकिनेछ। त्यसमध्येबाट तीन जनाको नाम छनौट गरेर समितिले बैंक संचालक समितिलाई सिफारिस गर्नेछ। र सोहि मध्येबाट सीइओंको लागि एक जनाको नाम छनौट हुनेछ। 

तर छनौट समितिले छनौट गरेर पठाउने र संचालक समितिले एक जनाको नाम छनौट गर्ने भनिएपनि सत्ता समीकरणमा जसको दबाब बढी छ त्यहि पार्टीको मान्छे सीइओंमा नियुक्त हुने स्रोतको दाबी छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved