सहकारीलाई प्रविधिमैत्री बनाउँदै मिरा , अब सबै कारोबार एउटै सफ्टवेयरबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 11:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै सहकारी संस्थाहरुलाई प्रविधिमैत्री बनाउने उद्धेष्यले मिरा सफ्टवेयरले विशेष सुविधा ल्याएको छ ।

मिरा सफ्टवेयरमा सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सहकारीलाई डिजिटलाइज गर्न आवश्यक पर्ने सबै सुविधाहरू रहेका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ९नेफस्कुन०, रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले उक्त सफ्टवेयर विकास गरेको हो । क्लाउडमा आधारित ईआरपी सफ्टवेयरले सरकारीबाट हुने सबै किसिमका कारोबारलाई डिजिटल बनाउने नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) मनोज तिवारीले बताए । 

‘नेपालका ३० हजार बढी सहकारीलाई डिजिटलाइज गर्ने हाम्रो उद्देश्य छे’, उनले भने, ‘त्यसै अनुसार मिरा सफ्टवेयरमा सहकारीलाई प्रविधिमैत्री बनाउन आवश्यक पर्ने सबै सुविधाहरू छन् ।’ 

उनका अनुसार वार्षिक १६ हजार रूपैयाँमै मिरा सफ्टवेयरका आधारभूत सुविधा प्रयोग गर्न सकिन्छ । अन्य सेवाहरू पनि न्युनतम शुल्कमै पाइने कम्पनीले बताएको छ । 

मिरा ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट मिरा एप डाउनलोड गरी डिजिटल बैंकिङको सबै सुविधा घरबाटै लिन सकिने नियोसिस टेक्नोलोजीले जानकारी दिएको छ । 

सञ्चालनमा आएको नौ महिनामै १८१ वटा सहकारी संस्थाहरूले मिरा सफ्टवेयर प्रयोग गरिरहेका छन् । नेपालमा ३० हजार बढी सहकारीहरू छन् ।  कम्पनीले प्रयोगकर्तालाई आवश्यकता अनुसार २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि बताएको छ ।  मिरा ईआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ सर्टिफिकेट समेत प्राप्त गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved