हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सामग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 05:34:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्सालाई ३ लाख ७ हजार ५०० रुपैयाँ बराबरको  चेष्ट स्टा्रपसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा हस्तान्तरण गरेको छ । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न उक्त सहयोग प्रदान गरेको जनाएको छ।

बैंकका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप ती सामग्री प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहका  बीच हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved