सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको भवनको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 08:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यालय भवनको उद्घाटन भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खाँले माछापुच्छ«े बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । 

यस्तै बैंकका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved