वाणिज्य बैंकको निक्षेप ४२ खर्ब र कर्जा ३७ खर्ब नाघ्यो, व्यवसाय वृद्धिमा कुन आक्रमक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 07:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ को अन्त्यसम्ममा वाणिज्य बैंकमा रहेको निक्षेप ४२ खर्ब नाघेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघलेउपलब्ध गराएको तथ्यांक अनुसार २०७८ असार मसान्तसम्म वाणिज्य बैंकमा रहेको निक्षेप ४२ खर्ब १ अर्ब ३९ करोड रहेको छ । 

यस मध्ये एनआइसी एसिया बैंकको निक्षेप सबै भन्दा धेरै ३ खर्ब रहेको छ । त्यस्तै ग्लोबल आईएमई बैंकको २ खर्ब ८३ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको २ खर्ब ६४ अर्ब, नबिल बैंकको २ खर्ब २८ अर्ब रहेको छ । 

सबै भन्दा कम निक्षेप नेपाल बंगालदेश बैंकको रहेको छ । नेपाल बंगालदेश बैंकको निक्षेप ८९ अर्ब ३८ करोड तथा सिभिल बैंकको निक्षेप ९० अर्ब ३४ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९६ अर्ब १९ करोड र सेन्चुरी बैंकको ९७ अर्ब रहेको छ । बाँकि बैंकको निक्षेप १ खर्ब माथि रहेको छ । 

हेर्नुस बाणिज्य बैंकको निक्षेप विवरण : 

कर्जा प्रवाह

त्यस्तै समिक्षा अवधिसम्ममा बैंकहरुले ३७ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका छन् । जस मधे एनआईसी एसिया बैंकको २ खर्ब ६४ अर्ब, ग्लोबल आईएमई बैंकको २ खर्ब ४२ अर्ब, र नबिल बैंकको २ खर्ब ५ अर्ब रहेको छ । त्यस्तै सबै भन्दा कम कर्जा प्रवाह नेपाल बंगलादेश बैंकको ७१ अर्ब १७ करोड, स्ट्याण्डर्ड चार्टड बैंकको ७२ अर्ब ५ करोड, सेन्चुरी बैंकको ८१ अर्ब ३९ करोड, सिभिल बैंकको ८३ अर्ब ४ करोड, बैंक अफ काठमाडौँको ९८ अर्ब ९० करोड र एनसीसी बैंकको ९९ अर्ब ९१ करोड रहेको छ । बाँकि बैंकको कर्जा प्रवाह १ खर्ब बाँकि रहेको छ । 

हेर्नुस बाणिज्य बैंकको कर्जा प्रवाह विवरण :

 

एक वर्षको निक्षेप

एक वर्षको अवधिमा एनआईसी एसिया बैंकको निक्षेप सबै भन्दा धेरैले बढेको छ  । एक वर्षको अवधिमा एनआईसीको निक्षेप ८९ अर्ब ४१ करोड, ग्लोबल आईएमई बैंकको ५६ अर्ब ७ करोड, सिटिजन्स बैंकको ५० अर्ब ८ करोड, सिद्धार्थ बैंकको ३९ अर्ब २६ करोड र नबिल बैंकको ३४ अर्ब ९८ करोडले बढेको छ  ।  त्यस्तै नेपाल एसबिआइ बैंकको निक्षेप ४ अर्ब १८ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप २ अर्ब ९२ करोडले घटेको छ  । 

हेर्नुस वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा थप गरेको निक्षेप विवरण :

एक वर्षको कर्जा

त्यस्तै १ वर्षको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८ खर्ब १५ अर्बले बढेको छ  । जस मध्ये  एनआईसी एसिया बैंकको कर्जा प्रवाह सबै भन्दा धेरै ९१ अर्बले बढेको छ  । त्यस्तै नबिल बैंकको कर्जा प्रवाह ५२ अर्ब ६४ करोडले, राष्ट्रिय वाणिज्य बैंकको ४३ अर्ब २८ करोड र ग्लोबल आईएमई बैंकको ४२ अर्ब ५१ करोडले कर्जा प्रवाह बढेको छ  । 

नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक र स्ट्याण्डर्ड चार्टड बैंकको कर्जा प्रवाह सबै  भन्दा थोरै बढेको छ  । यी बैंकहरुको कर्जा प्रवाह क्रमश: ७ अर्ब २७ करोड, ९ अर्ब ८ करोड र १४ अर्ब ५३ करोड रहेको छ  । 

हेर्नुस बाणिज्य बैंकहरुले १ वर्षको अवधिमा बढाएको कर्जा प्रवाहको विवरण 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved