एनआईसी एशिया मोबाइल बैंकिङ्ग एपमा थपियो ६ सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 07:08:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक NIC Asia Bank Limited  ले मोबाइल बैंकिङ्ग एपमा "Customer Care" को सुरुवात गरेको छ । आफ्ना ग्राहकको समस्या यथासिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस कार्यको थालनी गरेको हो । 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । 

बैंकको NIC ASIA MoBank एप भित्र रहेको यस Customer Care आइकनमा ट्याप गरेपश्चात् विभिन्न  सुविधा पाउन सकिने बैंकले जनाएको छ । 

च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहकले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट÷मोबाइल÷भाइबर÷ Missed Call बैंकिङ्ग तथा QR मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । 

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट : ग्राहकले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नेछन् र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको Real Time Tracking समेत सजिलै गर्न सक्नेछन् ।

Video Tutorial : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहकले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्नेछन् ।

ईमेल सुविधा : ग्राहक महानुभावहरूले यस Customer Care भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

FAQS : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकले आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् । ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहक महानुभावहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved