मन्थली उडेको जहाजको हाइड्रोलिकमा समस्या, काठमाडौँमै फर्काइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2024 | 11:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट रामेछाप उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । सोमबार बिहान काठमाडौँबाट रामेछापको मन्थली उडेको सिता एयरको जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौँ विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराइएको छ । 

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौँबाट रामेछापको मन्थली जाँदै थियो । तर, हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौँ विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

झाका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाज अवतरणमा समस्या हुन्छ । तर, काठमाडौँ नै फर्काएर सुरक्षित अवतरण गराइएपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको छ ।

उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved